Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

उपनिर्वाचनमा तीन उम्मेदवार निर्विरोध निर्वाचित

१६ मंसिर २०८१, आईतवार ०२:५४

१६ मंसिर, काठमाडौँ। आइतबार स्थानीय तह उपनिर्वाचन भइरहँदा यसअघि नै तीन स्थानका उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलाली जिल्ला जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।

साथै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

बाँकी ४१ स्थानमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्