Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

इंग्ल्यान्डले जित्यो न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट

१६ मंसिर २०८१, आईतवार ०३:१६

१६ मंसिर, काठमाडौँ। न्युजिल्यान्ड भ्रमणमा रहेको पाहुना टोली इंग्ल्यान्डले तीन खेलको टेस्ट सिरिजअन्तर्गतको पहिलो टेस्ट जितेको छ।

आइतबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता बनायो। क्राइसचर्चमा भएको टेस्टको चौथो दिन इंग्ल्यान्डले जितका लागि १ सय ४ रनको लक्ष्य पाएकोमा त्यसलाई दुई विकेट गुमाएर प्राप्त गरेको थियो ।

त्यसमा ज्याक बेथेलले ५० रन बनाए र नटआउट रहे । यस्तै नकआउट अर्को ब्याटर जोए रुटले २३ रनको योगदान दिए । यसअघि न्युंजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ५४ र बनाएर अलआउट भएको थियो ।

त्यसमा ड्यारल मिचेलको ८४ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । इंग्ल्यान्डका लागि भने ब्रेडन कार्सले ४२ रनमा छ विकेट लिए । उनले समग्रमा टेस्टमै १० विकेट लिए र ‘प्लेयर अफ द म्याच’ भए ।

यसअघि न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा ३ सय ४८ रन बनाएयता इंग्ल्यान्डले जवाफमा ४ सय ९९ रन बनाएको थियो । यससँगै इंग्ल्यान्ड तीन टेस्टको सिरिजमा १–० ले अगाडि रह्यो । अब दोस्रो टेस्ट शुक्रबार वेलिङटनमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्