Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

१६ मंसिर २०८१, आईतवार १४:२१

१६ मंसिर, काठमाडौं। कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन् ।

उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए ।

यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।

०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए । उनको पहिरोमा परेर निधन भएसँगै उपनिर्वाचन भएको हो । त्यतिबेला नेमकिपाका उम्मेदवार दीपबहादुर शाही निकटतम प्रतिद्वन्द्वि थिए ।

प्रतिक्रिया दिनुहोस्