Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

रौतहटको राजपुर-६ मा कांग्रेसका आलम विजयी

१७ मंसिर २०८१, सोमबार ०२:२९

१७ मंसिर,रौतहट। रौतहटको राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । आलमले ७४४ मत ल्याई विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकुरुलाहले ४६३ मत ल्याए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि यो वडामा कांग्रेसले नै जितेको थियो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्