Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारु विजयी

१७ मंसिर २०८१, सोमबार ०२:३८

१७ मंसिर,बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसका सूर्य बहादुर विष्ट विजयी भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुख भएपछि वडा सदस्य अमिन थारुले कार्यवाहक वडाध्यक्ष जिम्मेवारी सम्हालेका थिए । कार्यवाहक वडाध्यक्ष अमिन थारुले राजीनामा दिएर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्