Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारु विजयी

१७ मंसिर २०८१, सोमबार ०२:३८

१७ मंसिर,बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसका सूर्य बहादुर विष्ट विजयी भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुख भएपछि वडा सदस्य अमिन थारुले कार्यवाहक वडाध्यक्ष जिम्मेवारी सम्हालेका थिए । कार्यवाहक वडाध्यक्ष अमिन थारुले राजीनामा दिएर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्