Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

१७ मंसिर २०८१, सोमबार १३:०२

१७ मंसिर,काठमाडौँ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्।

उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन्।कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन्। अहिले ती वडामा १२ हजार ८७२ मत गनिसकिएको छ।

नेकपा एमालेका उम्मेदवारले डंगोललाई पछ्याइरहेका छन्। एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत ल्याएका छन्। जारी मतगणनामा कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्