Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
समाचार

बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी

१७ मंसिर २०८१, सोमबार १३:०६

१७ मंसिर,काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बिउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजान कृषि क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

बीउसम्बन्धी निर्माण गरिएको सफ्टवयेर देसिस–२ को आज शुभारम्भ गर्दै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी रहेको बताए । यसो भयो भने मात्र कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने उनले बताए । बीउबिजनको वितरणलाई डिजिटलाइजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने उनको भनाइ थियो ।

‘सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्छ’, मन्त्री अधिकारीले भने । कृषि, पर्यटन, ऊर्जा र बृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उनले कृषिलाई प्रविधिमा आधारित बनाइरहँदा डिजिटल साक्षरता पनि आवश्यक रहेको बताए ।

मन्त्री अधिकारीले सफ्टवेयरमार्फत गुणस्तरीय बीउबिजनमा किसानको सहज पहुँच हुने विश्वास व्यक्त गरे। विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत यो सफ्टवयेर निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्