Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

१८ मंसिर २०८१, मंगलवार ०३:३९

१८ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।

साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानका लागि उनलाई काठमाडौँबाट चितवन लगिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लामिछानेको हिजो बयान सकिएको थियो । उनलाई जिल्ला अदालतले चितवनमा बयानका लागि स्वीकृति समेत दिइसकेको छ।

लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र किर्तेलगायतका मुद्दामा अनुसन्धान गरिरहेको छ । २ कात्तिकमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि पोखरा, बुटवल, चितवन र काठमाडौंका चार सहकारीको बचत ठगी आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्