Trending
समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता     |     पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु     |     यी हुन् गृहमन्त्री भएलगत्तै सुधन गुरुङले गरेका चार निर्णय     |     मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत

१८ मंसिर २०८१, मंगलवार ०४:१५

१८ मंसिर,काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित समारोहमा स्वागत गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए ।

यसपश्चात् दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्