Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

१८ मंसिर २०८१, मंगलवार १३:२३

१८ मंसिर,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेस गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम र मुलुकको मानवअधिकारको अवस्थाका विषय समावेश गरिएको बताए ।

उनले आयोगमा भएका उजुरीउपर भएका छानबिन, अनुसन्धान, अनुगमन तथा नेपाल सरकारलाई गरेका सिफारिस समेत प्रतिवेदनमा समावेश गरिएको बताए । उनले आर्थिक वर्ष २०८०/०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लङ्घन सम्बन्धी ११० उजुरी दर्ता भएको बताए । उनले यो अवधिमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्