Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेपालको ऊर्जा क्षेत्रमा एडिबीको पाँच दशक विषयक तस्वीर प्रदर्शनी

१८ मंसिर २०८१, मंगलवार १३:२९

१८ मंसिर,काठमाडौं। ऊर्जा क्षेत्रमा नेपाल र एसियाली विकास बैंक (एडिबी) बीच सहकार्यको पाँच दशकबारे फोटो प्रदर्शनी शुरू भएको छ ।

फोटो पत्रकार क्लब नेपालसँगको सहकार्यमा नेपाल कला परिषद्, बबरमहलमा मंगलबार सुरु प्रदर्शनी २४ मंसिरसम्म चल्नेछ । फोटो प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपाल मिसनका निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वेजियन राजदूत डिप्टी हेड अफ मिसन तथा मन्त्री परिषद् सदस्य क्रिस्टिन हाउग स्टोर्होल्टले संयुक्त रुपमा उद्घाटन गरे ।

“नेपालमा ठूलो मात्रामा विद्युत् उत्पादन भएकोमा हामी विदेशमा बेच्ने मात्र नभइ आन्तरिक खपत पनि बढाउनुपर्ने छ । काठमाडौँमा, पोखरा, बिराटनगर, चितवनलगायत ठूला सहरमा चल्ने ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा रूपान्तरण गर्न सकिन्छ”, राज्यमन्त्री तामाङले भने ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले दूधकोशी, माथिल्लो अरूणलगायत ठूला आयोजनामा एडिबीले लगानी गर्न खोजेको र नेपालले त्यसका लागि सहजीकरण गरिरहेको बताए ।

एडिबीको नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाले विभिन्न जलविद्युत् उत्पादन आयोजनामा, प्रसारणलाइनतर्फ करिब ५० प्रतिशत आयोजना र एक तिहाइभन्दा बढी ३३ केभीका वितरण सबस्टेशन निर्माणमा एडिबीले लगानी गरेको बताए।

नेपालमा विद्युत्को भूमिगत वितरण प्रणाली, सवारी चार्जिङ स्टेसन, विभिन्न उत्पादन तथा प्रशारण आयोजना र निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनामा पनि एडिबीको लगानी रहेको कोस्वाले बताए।

प्रतिक्रिया दिनुहोस्