Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

नेपालको ऊर्जा क्षेत्रमा एडिबीको पाँच दशक विषयक तस्वीर प्रदर्शनी

१८ मंसिर २०८१, मंगलवार १३:२९

१८ मंसिर,काठमाडौं। ऊर्जा क्षेत्रमा नेपाल र एसियाली विकास बैंक (एडिबी) बीच सहकार्यको पाँच दशकबारे फोटो प्रदर्शनी शुरू भएको छ ।

फोटो पत्रकार क्लब नेपालसँगको सहकार्यमा नेपाल कला परिषद्, बबरमहलमा मंगलबार सुरु प्रदर्शनी २४ मंसिरसम्म चल्नेछ । फोटो प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपाल मिसनका निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वेजियन राजदूत डिप्टी हेड अफ मिसन तथा मन्त्री परिषद् सदस्य क्रिस्टिन हाउग स्टोर्होल्टले संयुक्त रुपमा उद्घाटन गरे ।

“नेपालमा ठूलो मात्रामा विद्युत् उत्पादन भएकोमा हामी विदेशमा बेच्ने मात्र नभइ आन्तरिक खपत पनि बढाउनुपर्ने छ । काठमाडौँमा, पोखरा, बिराटनगर, चितवनलगायत ठूला सहरमा चल्ने ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा रूपान्तरण गर्न सकिन्छ”, राज्यमन्त्री तामाङले भने ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले दूधकोशी, माथिल्लो अरूणलगायत ठूला आयोजनामा एडिबीले लगानी गर्न खोजेको र नेपालले त्यसका लागि सहजीकरण गरिरहेको बताए ।

एडिबीको नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाले विभिन्न जलविद्युत् उत्पादन आयोजनामा, प्रसारणलाइनतर्फ करिब ५० प्रतिशत आयोजना र एक तिहाइभन्दा बढी ३३ केभीका वितरण सबस्टेशन निर्माणमा एडिबीले लगानी गरेको बताए।

नेपालमा विद्युत्को भूमिगत वितरण प्रणाली, सवारी चार्जिङ स्टेसन, विभिन्न उत्पादन तथा प्रशारण आयोजना र निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनामा पनि एडिबीको लगानी रहेको कोस्वाले बताए।

प्रतिक्रिया दिनुहोस्