Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधानसेनापति सिग्देल मंसिर २६ गते भारत भ्रमणमा जाने

१८ मंसिर २०८१, मंगलवार १३:३४

१८ मंसिर,काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल २६ मंसिरमा भारत भ्रमणमा जाने भएका छन् । सैनिक मुख्यालयका अनुसार सिग्देल मंसिर २६ मा ५ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

सैनिक प्रवक्ता गौरव केसीका अनुसार प्रधानसेनापति सिग्देलले मंसिर २६ देखि २९ सम्म भारत भ्रमण गर्न लागेका हुन् । गत भदौ २४ मा प्रधानसेनापति भएका सिग्देललाई भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई दुई देशबीचको लामो समयदेखिको परम्परा रहेको भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिने छ ।

नेपाल र भारतको परम्परा अनुसार नेपाली सेनाको प्रमुखलाई भारतीय सेनाको मानार्थ महारथीबाट सम्मान गर्ने र भारतीय सेनाको स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीबाट सम्मान गरिन्छ ।

एक साता अघिमात्र भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपालको पाँच दिने भ्रमण गरेका थिए । उक्त अवसरमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए । भारतीय सेनाध्यक्ष द्विवेदी मंसिर ५ गते नेपाल आएर ९ गते स्वदेश फर्केका थिए ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको निकटस्थ स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्