Trending
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     ९ वर्षपछि कालिमाटी सडक कालोपत्रे सम्पन्न, सुर्खेत–दाङ आवागमन सहज     |     बेतन कर्णाली आयोजनालाई निर्माण स्वीकृति     |     प्रभु साहको प्रश्न, ‘सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’     |     कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित     |     करोडौंको संरचना अलपत्र: जुम्लामा संघीय खानेपानी कार्यालय हटाउने निर्णयले स्थानीय आक्रोशित     |    
समाचार

प्रधानसेनापति सिग्देल मंसिर २६ गते भारत भ्रमणमा जाने

१८ मंसिर २०८१, मंगलवार १३:३४

१८ मंसिर,काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल २६ मंसिरमा भारत भ्रमणमा जाने भएका छन् । सैनिक मुख्यालयका अनुसार सिग्देल मंसिर २६ मा ५ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

सैनिक प्रवक्ता गौरव केसीका अनुसार प्रधानसेनापति सिग्देलले मंसिर २६ देखि २९ सम्म भारत भ्रमण गर्न लागेका हुन् । गत भदौ २४ मा प्रधानसेनापति भएका सिग्देललाई भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई दुई देशबीचको लामो समयदेखिको परम्परा रहेको भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिने छ ।

नेपाल र भारतको परम्परा अनुसार नेपाली सेनाको प्रमुखलाई भारतीय सेनाको मानार्थ महारथीबाट सम्मान गर्ने र भारतीय सेनाको स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीबाट सम्मान गरिन्छ ।

एक साता अघिमात्र भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपालको पाँच दिने भ्रमण गरेका थिए । उक्त अवसरमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए । भारतीय सेनाध्यक्ष द्विवेदी मंसिर ५ गते नेपाल आएर ९ गते स्वदेश फर्केका थिए ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको निकटस्थ स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्