Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा

१८ मंसिर २०८१, मंगलवार १३:४९

१८ मंसिर,काठमाडौं। चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी गराएको हो ।

चिनीया राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आज भेटवार्ता भएको थियो । सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सीले अनुकुल समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्