Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा

१८ मंसिर २०८१, मंगलवार १३:४९

१८ मंसिर,काठमाडौं। चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी गराएको हो ।

चिनीया राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आज भेटवार्ता भएको थियो । सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सीले अनुकुल समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्