Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

१८ मंसिर २०८१, मंगलवार १४:०१

१८ मंसिर,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले अनुकूल समय मिलाएर नेपाल भ्रमण गर्ने वचन दिएको नेपाली प्रतिनिधिमण्डलका सदस्य एवं परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।

उक्त द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ।

सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली पर्सि बिहीबार स्वदेश फर्किनेछन्। मंगलबार दिनभर उनले चिनियाँ शीर्ष नेताहरूसँग विभिन्न चरणमा भेटवार्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्