Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

१८ मंसिर २०८१, मंगलवार १४:०१

१८ मंसिर,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले अनुकूल समय मिलाएर नेपाल भ्रमण गर्ने वचन दिएको नेपाली प्रतिनिधिमण्डलका सदस्य एवं परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।

उक्त द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ।

सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली पर्सि बिहीबार स्वदेश फर्किनेछन्। मंगलबार दिनभर उनले चिनियाँ शीर्ष नेताहरूसँग विभिन्न चरणमा भेटवार्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्