Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

१९ मंसिर २०८१, बुधबार ०४:२९

१९ मंसिर,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

पौडेल बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। प्रोस्टेट सम्बन्धी उपचारका लागि अस्पताल भर्ना गरिएको निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङले जनाएका छन्।

राष्ट्रपति पौडेल लामो समयदेखि प्रोस्टेट सम्बन्धी समस्याबाट पीडित छन्। उनी औषधि सेवन गर्दै आएका थिए। यस पटक प्रोस्टेटको शल्यक्रिया गरिने जनाइएको छ। अस्पतालका अनुसार, आजै शल्यक्रिया गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्