Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नडैतवाह बनिन् नामिबियाको पहिलो राष्ट्रपति

१९ मंसिर २०८१, बुधबार ०५:०६

१९ मंसिर,एजेन्सी। नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी नडैतवाह निर्वाचित भएकी छिन्।

अफ्रिकी देश नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन्। ५७ प्रतिशतभन्दा बढी मत ल्याएर उनी राष्ट्रपति निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत पाए।

नडैतवाह सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। यसअघि उनी उपराष्ट्रपतिको भूमिकामा थिइन्।नामिबियाका अधिकांश विपक्षी दलले चुनावको परिणाम बहिष्कार गरेको सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्