Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

गाँजा बोकेको गाडी देखेपछि प्रहरीले चलायो गोली

१९ मंसिर २०८१, बुधबार ०६:४८

१९ मंसिर,काठमाडौं। गाँजा बोकेका दुई वटा गाडीलाई नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलाएको छ।

मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चार राउण्ड गोली चलाएर ६९० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

दुई वटा गाडीमा गाँजा बोकेको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। तर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली चलाएर एक जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा श्यामकुमार विश्वकर्मा छन् । फरार अर्का चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्