Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

गाँजा बोकेको गाडी देखेपछि प्रहरीले चलायो गोली

१९ मंसिर २०८१, बुधबार ०६:४८

१९ मंसिर,काठमाडौं। गाँजा बोकेका दुई वटा गाडीलाई नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलाएको छ।

मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चार राउण्ड गोली चलाएर ६९० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

दुई वटा गाडीमा गाँजा बोकेको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। तर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली चलाएर एक जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा श्यामकुमार विश्वकर्मा छन् । फरार अर्का चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्