Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

१९ मंसिर २०८१, बुधबार ०७:०३

काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ।

विगत एक वर्षदेखि इ-सेवाको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित पौडेलसँगको सम्झौताको अवधि कम्पनीले पुनः थप गरेको हो। गत आइतबार पुल्चोकस्थित इ-सेवाको प्रधान कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदीश खड्का र पौडेलबिच सम्झौता-पत्रमा हस्ताक्षर भएको हो।

ब्रान्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए।

इसेवाका सीईओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्