Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

१९ मंसिर २०८१, बुधबार ०७:०३

काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ।

विगत एक वर्षदेखि इ-सेवाको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित पौडेलसँगको सम्झौताको अवधि कम्पनीले पुनः थप गरेको हो। गत आइतबार पुल्चोकस्थित इ-सेवाको प्रधान कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदीश खड्का र पौडेलबिच सम्झौता-पत्रमा हस्ताक्षर भएको हो।

ब्रान्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए।

इसेवाका सीईओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्