Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

एनपीएल: जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्दै

२० मंसिर २०८१, बिहीबार ०२:३२

२० मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दुई हुँदैछन्। आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स खेल्न लागेका हुन्।

दुई टोलीबीच खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। एनपीएलमा लगातार दुई खेल जितेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ। पोखरा आज पहिलो जितको खोजीमा हुनेछ। जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाइ पराजित गरेको थियो भने पोखरा चितवन राइनोजसँग पराजित भएको थियो।

जनकपुर तेस्रो जीतका लागि र पोखरा पहिलो जितका लागि मैदानमा उत्रँदै छन्। जनकपुरको नेतृत्व अनिल साहले गर्दै छन् भने पोखराबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन्। आजै हुने दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्