Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
खेलकुद

एनपीएल: जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्दै

२० मंसिर २०८१, बिहीबार ०२:३२

२० मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दुई हुँदैछन्। आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स खेल्न लागेका हुन्।

दुई टोलीबीच खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। एनपीएलमा लगातार दुई खेल जितेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ। पोखरा आज पहिलो जितको खोजीमा हुनेछ। जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाइ पराजित गरेको थियो भने पोखरा चितवन राइनोजसँग पराजित भएको थियो।

जनकपुर तेस्रो जीतका लागि र पोखरा पहिलो जितका लागि मैदानमा उत्रँदै छन्। जनकपुरको नेतृत्व अनिल साहले गर्दै छन् भने पोखराबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन्। आजै हुने दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्