Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कैलालीमा १३ ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ

२० मंसिर २०८१, बिहीबार ०७:०८

२० मंसिर, कैलाली। कैलालीमा १३ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।

बुधबार टीकापुर नगरपालिका-९ खक्रौलामा इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले १३ ग्राम १६० मिलीग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सिर्जना कुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्