Trending
मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने     |     केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली     |     परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता     |    
समाचार

गृहमन्त्रीको नक्कली ‘पिए’ पक्राउ

२० मंसिर २०८१, बिहीबार १५:०४

२० मंसिर, काठमाडौं। गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज प्रहरीले पक्राउ गरेको छ।

गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

गृहमन्त्री लेखकको सचिवालयले नक्कली पिएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो। सचिवालकै आग्रहमा उनलाई पक्राउ गरिएको हो। गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए/सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्