Trending
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     ९ वर्षपछि कालिमाटी सडक कालोपत्रे सम्पन्न, सुर्खेत–दाङ आवागमन सहज     |     बेतन कर्णाली आयोजनालाई निर्माण स्वीकृति     |     प्रभु साहको प्रश्न, ‘सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’     |     कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित     |     करोडौंको संरचना अलपत्र: जुम्लामा संघीय खानेपानी कार्यालय हटाउने निर्णयले स्थानीय आक्रोशित     |    
समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान

२१ मंसिर २०८१, शुक्रबार ०३:५८

२१ मंसिर, काठमाडौँ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार सात सय ७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार एक महिनाको अवधिमा फलाई दुबईले सर्वाधिक उडान भरेको छ। तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ। यस्तै फलाई दुबईले एक हजार एक सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाटबा १९ जनालाई दुबई लगेको तथ्याङ्क छ।

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा दुई हजार दुई सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार पाँच सय ३३ यात्रु भैरहवा ओर्लिएका छन्। साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार चार सय ६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिए। एक महिनामा कूल एक सय ५६ उडान/अवतरण भएका विमानस्थलले जनाएको छ।

अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ । सिधा र लो–कस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको हुँदा वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्