Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

एनपीएल : लुम्बिनीविरूद्ध पोखराको सहज जित

२१ मंसिर २०८१, शुक्रबार ११:११

२१ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ। जितसँगै एनपिएलमा पोखरा १० विकेटले विजयी हुने पहिलो टोली बनेको छ।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रनको योगफल खडा गरेको थियो। पोखराले एन्ड्रीस गाउजको सतकीय इनिङको मद्तले १६.५ ओभरमा विनाविकेट गुमाई १७१ रनको लक्ष्य पूरा गर्‍यो। गाउजले अविजित १०४ रन बनाए। जारी प्रतियोगितामा यो पहिलो सतक हो।

पोखराको जितमा आन्द्रे‍सले अविजित १०४ रन बनाए। उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गरे। उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने। त्यस्तै, दिनेश खरेलले अर्धशतकीय इनिङ्स खेले। उनले अविजित ६१ बनाउँदा ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्