Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

दुई दिन हिउँदे वर्षा र हिमपातको सम्भावना

२१ मंसिर २०८१, शुक्रबार १४:०५

२१ मंसिर, काठमाडौं। पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आइतबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

सो प्रणालीको प्रभावका कारण मंसिर २३ गते (आइतबार) साँझ देखि मंसिर २४ गते (सोमबार) राति सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्