Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

सुदूरपश्चिमविरुद्ध बलिङमा लुम्बिनी

२२ मंसिर २०८१, शनिबार ०३:४६

२२ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए ।

प्रतियोगितामा दुवै टिमको आज तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्