Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कांग्रेस कोशीको पहिलो सम्मेलन आज, शेखर कोइरालाले बहिष्कार गर्ने

२२ मंसिर २०८१, शनिबार ०४:०७

२२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन शनिबारदेखि सुरू हुँदैछ।

आज बिहान ११ बजे विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटनका लागि पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारै आएका छन्। देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू सहभागी हुनेछन्।

विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएपनि पार्टीले पहिलोपटक सम्मेलन गर्न लागेको हो। सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने कांग्रेस कोशी सभापति उद्धव थापाले जानकारी दिए।

‘सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ,’ उनले भने, ‘सुरूमा उद्घाटन सकेपछि साँझमा यसबारे छलफल हुन्छ।’ सम्मेलनमा सभापति देउवाले सम्बोधन गर्नेछन्। यसैगरी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्