Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

कांग्रेस कोशीको पहिलो सम्मेलन आज, शेखर कोइरालाले बहिष्कार गर्ने

२२ मंसिर २०८१, शनिबार ०४:०७

२२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन शनिबारदेखि सुरू हुँदैछ।

आज बिहान ११ बजे विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटनका लागि पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारै आएका छन्। देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू सहभागी हुनेछन्।

विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएपनि पार्टीले पहिलोपटक सम्मेलन गर्न लागेको हो। सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने कांग्रेस कोशी सभापति उद्धव थापाले जानकारी दिए।

‘सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ,’ उनले भने, ‘सुरूमा उद्घाटन सकेपछि साँझमा यसबारे छलफल हुन्छ।’ सम्मेलनमा सभापति देउवाले सम्बोधन गर्नेछन्। यसैगरी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्