Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

बस, कार र मोटरसाइकल एकआपसमा ठोक्कियो : १ जनको मृत्यु १३ घाइते

२२ मंसिर २०८१, शनिबार ०४:३५

२२ मंसिर, भैरहवा।  भैरहवा तौलिहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् । भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

कार चालकको घटना स्थलमा मृत्यु भएको छ । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना गम्भीर घाइते भएका छन् । बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ । ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्