Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

बस, कार र मोटरसाइकल एकआपसमा ठोक्कियो : १ जनको मृत्यु १३ घाइते

२२ मंसिर २०८१, शनिबार ०४:३५

२२ मंसिर, भैरहवा।  भैरहवा तौलिहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् । भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

कार चालकको घटना स्थलमा मृत्यु भएको छ । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना गम्भीर घाइते भएका छन् । बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ । ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्