Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

कर्णालीविरुद्ध विराटनगरले पहिले बलिङ गर्ने

२२ मंसिर २०८१, शनिबार ०७:१२

२२ मंसिर, कठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेका हुन्। कर्णालीले अहिलेसम्म तीन खेल खेलेको छ ।

जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । यस्तै, तीनै खेल खेलेको विराटनगरले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो । आज दुबै टोली तेस्रो खेलमा निस्किएको जितलाई निरन्तरता दिन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्