Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रवि लामिछानेको मानवअधिकारको रक्षा गर्न ज्ञानेन्द्र शाहीको माग

२२ मंसिर २०८१, शनिबार १६:१९

२२ मंसिर,पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानवअधिकार उल्लङ्घन भएको जिकिर गरेका छन् ।

सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि शाहीले सो कुरा बताएका हुन् ।सांसद शाहीले लामिछानेलाई मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याइएको पनि बताए ।

उनले लेखेका छन् :’कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन ! प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ। कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन।’

लामिछानेलाई भेटेका शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्