Trending
विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य     |     सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |     कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा     |     नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?     |     बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?     |     सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु     |     सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने     |     प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?     |    
खेलकुद

लुम्बिनीले टस जित्यो, जनकपुर ब्याटिङ गर्ने

२३ मंसिर २०८१, आईतवार ०३:४९

२३ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए । दुवै टोली आफ्नो चौथो खेल खेल्दैछन् । जनकपुर आफ्नो विजयी यात्रा कायम राख्ने लक्ष्यमा रहँदा लुम्बिनी पहिलो जितको खोजिमा छ ।

लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरासँग सात विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्