Trending
आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा     |     हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते     |     साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल     |     आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा     |     आजको लागि विदेशी मुद्राको विनिमय दर     |     सुर्खेतमा हतियारसहित २ युवा पक्राउ     |     एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल     |     डिशहोम र ल्यानिज हब बीचको सहकार्य — हाई फ्युचर ग्याजेटहरूमा ५०% सम्मको विशेष छुट!     |     भिरबाट लडेर एक युवकको मृत्यु     |     आज विदेशी मुद्राको विनिमय दर कति ?     |    
खेलकुद

शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने

२३ मंसिर २०८१, आईतवार ०४:०४

२३ मंसिर,काठमाडौं। कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।

कर्णालीसँग शिखरले डिसेम्बर १० सम्म खेल्ने सम्झौता गरेका थिए । उक्त सम्झौताको अवधि सकिएकाले उनी कर्णाली याक्सको अबको खेलमा नदेखिने भएका हुन् ।

याेसँगै विराटनगर किंग्सविरुद्धकाे उनकाे खेल नै एनपिएलकाे याे सिजनका लागि अन्तिम बनेकाे छ । नेपालबाट फर्किएर उनी भारतमा हुन गइरहेको लिगमा खेल्ने बताइएको छ ।

एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए। उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए। ४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्