Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने

२३ मंसिर २०८१, आईतवार ०४:०४

२३ मंसिर,काठमाडौं। कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।

कर्णालीसँग शिखरले डिसेम्बर १० सम्म खेल्ने सम्झौता गरेका थिए । उक्त सम्झौताको अवधि सकिएकाले उनी कर्णाली याक्सको अबको खेलमा नदेखिने भएका हुन् ।

याेसँगै विराटनगर किंग्सविरुद्धकाे उनकाे खेल नै एनपिएलकाे याे सिजनका लागि अन्तिम बनेकाे छ । नेपालबाट फर्किएर उनी भारतमा हुन गइरहेको लिगमा खेल्ने बताइएको छ ।

एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए। उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए। ४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्