Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रविलाई म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी

२३ मंसिर २०८१, आईतवार ०४:०७

२३ मंसिर,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पछिल्लोपटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो।

यसअघि कास्की जिल्ला अदालतले गत ९ मंसिरमा १५ दिनका लागि दिएको म्याद शुक्रबार राति नै सकिएको थियो। शनिबार अदालत बन्द भएकाले आज मात्र लामिछानेलाई अदालतमा पेश गर्न लागिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा अनुसन्धान चलिरहेको छ। लामिछानेसँगै, पूर्व प्रहरी डीआईजी छविलाल जोशीसहित पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न अन्य व्यक्तिहरूलाई पनि आज अदालतमा पेश गरिने छ।

प्रतिक्रिया दिनुहोस्