Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित

२३ मंसिर २०८१, आईतवार ०७:०१

२३ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससँग लुम्बिनी लायन्स पराजित भएको छ। लुम्बिनी जनकपुरविरूद्धको खेलमा १ रनले पराजित भएको हो।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । योसँगै लुम्बिनीले एनपीएल लगातार चौथो हार व्यहोरेको छ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

जनकपुरका लागि हर्ष ठाकेर एक्लैले ५ विकेट लिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले १-१ विकेट लिए। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा १३६ रन बनायो ।

कप्तान अनिल साहले ४५ तथा लहिररु मिलान्थाले २४ रन बनाए । अभिशेष गौतमले ३ तथा साद बिन जाफर र रोहित पौडेलले २–२ विकेट लिए । लुम्बिनीको यो चौथो खेलमा अंकविहीन छ भने जनकपुर चारै खेल जितेर आठ अङ्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्