Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
खेलकुद

राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित

२३ मंसिर २०८१, आईतवार ०७:०१

२३ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससँग लुम्बिनी लायन्स पराजित भएको छ। लुम्बिनी जनकपुरविरूद्धको खेलमा १ रनले पराजित भएको हो।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । योसँगै लुम्बिनीले एनपीएल लगातार चौथो हार व्यहोरेको छ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

जनकपुरका लागि हर्ष ठाकेर एक्लैले ५ विकेट लिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले १-१ विकेट लिए। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा १३६ रन बनायो ।

कप्तान अनिल साहले ४५ तथा लहिररु मिलान्थाले २४ रन बनाए । अभिशेष गौतमले ३ तथा साद बिन जाफर र रोहित पौडेलले २–२ विकेट लिए । लुम्बिनीको यो चौथो खेलमा अंकविहीन छ भने जनकपुर चारै खेल जितेर आठ अङ्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्