Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जुवातास खेलेको आरोपमा काठमाडौंबाट १६ जना पक्राउ

२३ मंसिर २०८१, आईतवार ०७:०५

२३ मंसिर, काठमाडौं। जुवातास खेलेको आरोपमा काठमाडौंका दुई ठाउँबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ६० वर्षीय दिल बहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ गैरीगाउँ बस्ने हर्क बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्