Trending
विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य     |     सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |     कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा     |     नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?     |     बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?     |     सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु     |     सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने     |     प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?     |    
समाचार

एभरेष्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर

२३ मंसिर २०८१, आईतवार १४:५५

२३ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन्। शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमा स्वदेश फर्किएको कर्णाली याक्सले जानकारी दिएको छ।

उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन्। उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा विताएका थिए।

एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्।

यसअघि उनले पशुपति दर्शन पनि गरेका थिए। शिखरले आउँदो मार्चमा फेरि नेपाल भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्। उनी जारी एनपिएल खेल्ने भारतको राष्ट्रिय टोलीबाट खेलेका एक मात्र खेलाडी हुन्। एनपिएलमा उनीसँगै न्युजिल्यान्डका जिमी निशम, अस्ट्रेलियाका बेन कटिङ र पाकिस्तानका सोहेल तन्विर जस्ता चर्चित खेलाडी आएका छन्। उनीहरूले भने सिजनका पूरै खेल खेल्नेछन्।

धवन नोभेम्बर २९ मा नेपाल आएका थिए। एनपिएल उद्घाटनमा सहभागी भएका उनले पशुपतिनाथको दर्शक समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्