Trending
विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य     |     सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |     कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा     |     नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?     |     बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?     |     सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु     |     सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने     |     प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?     |    
समाचार

सरकार र निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छः मन्त्री पाण्डे

२३ मंसिर २०८१, आईतवार १४:५७

२३ मंसिर, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नुपरेका समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिसम्बन्धी अन्तरक्रियामा मन्त्री पाण्डेले निजी क्षेत्र अगाडि नबढेमा सरकारको एकल प्रयासले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए।

दक्षिण र पश्चिममा भारतसँग टाँसिएकाले सुदूरपश्चिम प्रदेशलाई पर्यटनको गन्तव्यस्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक पूर्वाधार जुटाउने वातावरण बनाउन जरुरी रहेकामा जोड दिए। मन्त्री पाण्डेले समयानुकूल पर्यटन र हवाई नीति बनाउन लागिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनको विकासका लागि नीतिगत सुधार जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्