Trending
महिला फुटबल टिम सम्मानित     |     सनसाइन र काठमाडौं जेभियर्स क्वाटरफाइनलमा     |     बौद्ध नयाँ च्याम्पियन     |     देउवाको घरमा प्रशिक्षण प्रतिष्ठानका निर्देशकको शपथ     |     सभामुखको कार्यकक्षमै पुगे रास्वपाका सांसद, रविलाई निलम्बन नगर्न माग     |     रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक     |     बशर अल–असदविरुद्ध श्रीमतीले हालिन् रुसी अदालतमा मुद्दा     |     एनपीएलको फाइनलमा अभद्र व्यवहार गरेको आरोपमा २ जना पक्राउ     |     केहि भू–भागमा बर्षा र हिमपातको सम्भावना     |     मोटरसाइकल दुर्घटनामा परेका युवाको उपचारका क्रममा मृत्यु     |    
समाचार

चितवन प्रहरीले भन्यो- रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको छैन

२३ मंसिर २०८१, आईतवार १५:०३

२३ मंसिर, काठमाडौं। चितवन प्रहरीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार भएको भन्दै सामाजिक संजालमा भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

लामिछानेलाई गत बुधवार चितवनमा बयान लिएपछि मध्यरातमा पोखरा फर्काइएकाे थियो । सो क्रममा मापसे गरेका प्रहरी कर्मचारीले राति सुतेका बेला हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थ हुँदाहुँदै लगिएको भन्नेजस्ता खबर बाहिरिएका थिए । तर, उक्त सूचना कपोकल्पित र झुटा रहेको चितवन प्रहरीको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ,  ‘बयान कार्य सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरी सकेपश्चात् त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृतको कमाण्डमा कास्की लगिएको थियो ।’

‘प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भिर ध्यानाकर्षण भएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयानका क्रममा भीडले अनुसन्धानमा बाधा पु¥याउने प्रयास गरेको थियो । प्रहरीमाथि ढुंगा मुढा प्रहार गर्ने, कार्यालयभित्र प्रवेश गर्न खोज्नेजस्ता घटनाहरू भएका थिए । खराब मौसमका कारण हवाई मार्गबाट लैजान नसक्ने अवस्था थियो भने भीडबाट सुरक्षा चुनौती बढ्ने देखिएकाले विशेष सतर्कता अपनाइएको थियो । बयान सकिएपछि लामिछानेलाई आफन्तसँग भेटघाटको अवसर दिइयो । त्यसपछि, २० गते बिहान १२ः०५ बजे उनलाई सुरक्षा सतर्कता अपनाउँदै चितवनबाट कास्की जिल्ला प्रहरी कार्यालय पु¥याइएको हो’, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्