Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
कला र मनोरन्जन

‘पुष्पा २’ को बक्स अफिसमा नयाँ रेकर्ड

२४ मंसिर २०८१, सोमबार ०३:००

काठमाडौं।  डिसेम्बर ५ मा रिलिज भएको अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा २ : द रुल’ ले लगातार बक्स अफिसमा नयाँ रेकर्ड कायम गरिरहेको छ ।

फिल्मले हिन्दी भाषामा तेस्रो दिन २०५ करोड भारतीय रुपैयाँ कमाएर शाहरुख खानको फिल्म जवान र एनिमलको रेकर्ड तोडेको छ । अब यो फिल्म हिन्दी भारतमा तेस्रो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । जहाँ सबै ६ भाषामा फिल्मले तेस्रो दिन भारतमा ३८७.९५ करोड र विश्वभर ५९८.९० करोड भारु कमाएको छ ।

पहिलो तीन दिनमा हिन्दी बेल्टमा २ सय ५ करोड कमाएर चलचित्रले १८० करोड कमाउने शाहरुखको जवानको कीर्तिमान तोडेको छ । यसपछि रणवीर कपूर स्टारर फिल्म एनिमलले तीन दिनमा १७६.८५ करोड कमाएको थियो । शाहरुखकै फिल्म पठानले ३ दिनमा १६१ करोड कमाएको थियो ।

तीन दिनमा हिन्दीमा सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्रहरू-

पुष्प २ (हिन्दी) – २०५ करोड
जवान – १८०.४५ करोड
एनिमल- १७६.५८ करोड
पठान – १६१ करोड
टाइगर ३ – १४४.५० करोड
केजीएफ २ (हिन्दी) – १४३.६४ करोड
स्त्री २- १३६.४० करोड
गदर २- १३४.८८ करोड
बाहुबली २ (हिन्दी) – १२८ करोड
सञ्जु – १२०.०६ करोड

प्रतिक्रिया दिनुहोस्