Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
कला र मनोरन्जन

‘पुष्पा २’ को बक्स अफिसमा नयाँ रेकर्ड

२४ मंसिर २०८१, सोमबार ०३:००

काठमाडौं।  डिसेम्बर ५ मा रिलिज भएको अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा २ : द रुल’ ले लगातार बक्स अफिसमा नयाँ रेकर्ड कायम गरिरहेको छ ।

फिल्मले हिन्दी भाषामा तेस्रो दिन २०५ करोड भारतीय रुपैयाँ कमाएर शाहरुख खानको फिल्म जवान र एनिमलको रेकर्ड तोडेको छ । अब यो फिल्म हिन्दी भारतमा तेस्रो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । जहाँ सबै ६ भाषामा फिल्मले तेस्रो दिन भारतमा ३८७.९५ करोड र विश्वभर ५९८.९० करोड भारु कमाएको छ ।

पहिलो तीन दिनमा हिन्दी बेल्टमा २ सय ५ करोड कमाएर चलचित्रले १८० करोड कमाउने शाहरुखको जवानको कीर्तिमान तोडेको छ । यसपछि रणवीर कपूर स्टारर फिल्म एनिमलले तीन दिनमा १७६.८५ करोड कमाएको थियो । शाहरुखकै फिल्म पठानले ३ दिनमा १६१ करोड कमाएको थियो ।

तीन दिनमा हिन्दीमा सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्रहरू-

पुष्प २ (हिन्दी) – २०५ करोड
जवान – १८०.४५ करोड
एनिमल- १७६.५८ करोड
पठान – १६१ करोड
टाइगर ३ – १४४.५० करोड
केजीएफ २ (हिन्दी) – १४३.६४ करोड
स्त्री २- १३६.४० करोड
गदर २- १३४.८८ करोड
बाहुबली २ (हिन्दी) – १२८ करोड
सञ्जु – १२०.०६ करोड

प्रतिक्रिया दिनुहोस्