Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

सुनिता थापा गण्डकी प्रदेशसभा सदस्यमा मनोनित

२४ मंसिर २०८१, सोमबार १५:१४

२४ मंसिर, काठमाडौं। नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा क्रम संख्या अनुसार अगाडि रहेकी थापालाई सिफारिस गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई अर्को नाम सिफारिस गर्न भनेको थियो। कांग्रेसले उक्त स्थानमा थापाको नाम निर्वाचनमा आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।

२०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको पदमा थापालाई मनोनित गरिएको हो।

प्रतिक्रिया दिनुहोस्