Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
कला र मनोरन्जन

प्रचण्ड नातिनी स्मिताको बिहेमा मोदीको शुभकामना

२४ मंसिर २०८१, सोमबार १५:४५

काठमाडौँ । गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । आमा गंगा दाहालले फेसबुकमार्फत प्रधानमन्त्री मोदीको शुभकामना सन्देश सार्वजनिक गरेकी हुन् ।

स्मिताकी आमासमेत रहेकी गंगा दाहाललाई मोदीले शुभकामना सन्देश पठाउँदै नवविवाहित जोडीलाई शुभकामना दिएका हुन् । मोदीले ६ डिसेम्बरमा भएको विवाह समारोहमा निम्तो दिएकोमा कृतज्ञता समेत व्यक्त गरेका छन् ।

मोदीले सन्देशमा स्मिताका हजुरबा समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि शुभकामना दिएका छन् । मोदीले सन्देशमा स्मिता र सायुज्यलाई वैवाहिक जीवनको शुभकामना दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्