Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
खेलकुद

चितवनले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

२५ मंसिर २०८१, मंगलवार ०३:५९

२५ मंसिर, काठमाडौं। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (म‌ंगलबार) को पहिलो खेलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले दोस्रो ओभरमा नै २ विकेट गुमाएको छ।

 चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरको खेल जारी रहँदा २ विकेट गुमाएको हो। ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए। सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे।

एनपीएलमा लगातार चार हार बेहोरेको लुम्बिनी पहिलो जितको खोजीमा छ। हालसम्म चार खेल खेलेको चितवनले भने ३ मा जित र एउटामा हार भोगेको छ।

प्रतिक्रिया दिनुहोस्