Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

२५ मंसिर २०८१, मंगलवार १२:१९

२५ मंसिर,काठमाडौँ। प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनले मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यतालिका रहेको छ।

यसअघि मंसिर ५ गते पाँच दिने सेनाध्यक्ष द्विवेदी नेपाल औपचारिक भ्रमणमा आएका थिए । मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन अनुसार उनी नेपाल आइपुगेका थिए । भारतमा पनि नेपाली सेनाका प्रधान सेनापतिले मानार्थ महारथीको दर्जा दिने गरेको छ । उनले मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथी दर्जाको चिन्ह प्रदान गरेर मंसिर ९ गते फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्