Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
कला र मनोरन्जन

गायिका स्मिता दाहाललाई वैवाहिक शुभकामना दिन संजय दत्त नेपाल आउने

२५ मंसिर २०८१, मंगलवार १२:३४

काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तले शुक्रबार वैवाहिक सम्बन्धमा बाँधिएकी गायिका स्मिता दाहाललाई शुभकामना दिएका छन् ।

प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् । दत्तले स्मिताकी आमा गंगा दाहाललाई पठाएको एक भिडिओ सन्देशमा भनेका छन्,।

‘नमस्कार । जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक कारणले म तपाईँको समारोहमा उपस्थित हुन सकिन । तर, मेरी भान्जी स्मीता सायुज्यको बिहेको हार्दिक शुभकामना । मेरी बहिनी गङ्गा र उनको परिवारलाई मेरो तर्फबाट शीवजीको धेरै धेरै आदर्शवाद रहोस् भन्ने चाहन्छु । गङ्गा बहिनी म छिट्टै आएर भेट्नेछु र छोरीलाई आर्सीवाद दिनेछु । छिट्टै भेटौँला । हरहर महादेव जय भोलेनाथ ।’

गायिका स्मिता काठमाडौंको बबरमहल निवासी सायुज्य श्रेष्ठसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । विवाह समारोह काठमाडौंको मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्