Trending
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |     कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा     |     नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?     |     बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?     |     सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु     |     सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने     |     प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?     |     एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन     |    
कला र मनोरन्जन

गायिका स्मिता दाहाललाई वैवाहिक शुभकामना दिन संजय दत्त नेपाल आउने

२५ मंसिर २०८१, मंगलवार १२:३४

काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तले शुक्रबार वैवाहिक सम्बन्धमा बाँधिएकी गायिका स्मिता दाहाललाई शुभकामना दिएका छन् ।

प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् । दत्तले स्मिताकी आमा गंगा दाहाललाई पठाएको एक भिडिओ सन्देशमा भनेका छन्,।

‘नमस्कार । जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक कारणले म तपाईँको समारोहमा उपस्थित हुन सकिन । तर, मेरी भान्जी स्मीता सायुज्यको बिहेको हार्दिक शुभकामना । मेरी बहिनी गङ्गा र उनको परिवारलाई मेरो तर्फबाट शीवजीको धेरै धेरै आदर्शवाद रहोस् भन्ने चाहन्छु । गङ्गा बहिनी म छिट्टै आएर भेट्नेछु र छोरीलाई आर्सीवाद दिनेछु । छिट्टै भेटौँला । हरहर महादेव जय भोलेनाथ ।’

गायिका स्मिता काठमाडौंको बबरमहल निवासी सायुज्य श्रेष्ठसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । विवाह समारोह काठमाडौंको मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्