Trending
विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य     |     सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |     कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा     |     नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?     |     बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?     |     सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु     |     सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने     |     प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?     |    
समाचार

रास्वपाका सांसदलाई सर्वोच्चको प्रश्न : अदालतको अवहेलनामा किन कारबाही नगर्ने ?

२५ मंसिर २०८१, मंगलवार १२:३९

२५ मंसिर,काठमाडौँ। सर्वोच्च अदालतले  रास्वपाका २० जना सांसदहरुसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले लिखित जवाफ माग गर्न आदेश दिएको छ । यसअघि मंसिर ११ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले थप विवरण माग गर्ने आदेश दिएको थियो । अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतको अवहेलना हुने गरी प्रदर्शन गरेको भन्दै कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकोमा सहरजिष्ट्रार अच्युत कुइँकेलले रिट दरपीठ गरिदिएका थिए ।

संसद्मा रहेका रास्वपाका २० सांसदविरुद्ध अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए। सर्वोच्च प्रशासनले दरपीठ गरेको सो रिट न्यायाधीश विनोद शर्माको इजलासले दर्ता गर्न आदेश गरेको थियो।

यसअघि सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले प्रमाण पेश गर्न निवेदकको नाममा आदेश दिएको थियो। अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए।

अधिवक्ता भट्टराईले रास्वपाका उपसभापतिद्धय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित बागमती प्रदेश सभापति डा। अच्युतम लामिछाने, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, असिम शाह र गणेश पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्