Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सामाजिक सञ्जालको दरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

२५ मंसिर २०८१, मंगलवार १२:४३

२५ मंसिर,काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भइ काठमाडौं गुर्जुधारा बस्दै आएका ३१ वर्षीय रोशन भण्डारी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा आदानप्रदान भएका आफ्ना प्रेमिकाको तस्बिर र भिडियोहरू भण्डारीले आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोप छ ।

पक्राउ परेका भण्डारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्