Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

सामाजिक सञ्जालको दरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

२५ मंसिर २०८१, मंगलवार १२:४३

२५ मंसिर,काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भइ काठमाडौं गुर्जुधारा बस्दै आएका ३१ वर्षीय रोशन भण्डारी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा आदानप्रदान भएका आफ्ना प्रेमिकाको तस्बिर र भिडियोहरू भण्डारीले आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोप छ ।

पक्राउ परेका भण्डारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्