Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता

२६ मंसिर २०८१, बुधबार ०९:१२

२६ मंसिर, काठमाडौं। नेपाली बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्रान्ड हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ ।

हिरो मोटोकर्पले आफ्नो नवीनतम उत्पादनहरू ‘एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६०’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो । बहुप्रतिक्षित यी दूबै नयाँ बाइकहरू मंङसिर २६ मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

नयाँ बाइकहरूले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू :

सिंगल च्यानल एबीएसः
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिब प्रविधि ।

श्रेणीकै सर्वाधिक तीव्र :
सर्वाधिक गति र तीव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।

फराकिलो रियर टायरः
सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको व्यवस्था ।

एलईडी हेडलाइट्सः
सुदृढ दृश्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा ।

ब्लूटूथ कनेक्टिविटी :
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।

एक्स्ट्रिम १६०का मुख्य विशेषता:

श्रेणीकै सर्वाधिक गति क्षमता:
तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ ।

केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन :
प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्