Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता

२६ मंसिर २०८१, बुधबार ०९:१२

२६ मंसिर, काठमाडौं। नेपाली बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्रान्ड हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ ।

हिरो मोटोकर्पले आफ्नो नवीनतम उत्पादनहरू ‘एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६०’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो । बहुप्रतिक्षित यी दूबै नयाँ बाइकहरू मंङसिर २६ मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

नयाँ बाइकहरूले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू :

सिंगल च्यानल एबीएसः
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिब प्रविधि ।

श्रेणीकै सर्वाधिक तीव्र :
सर्वाधिक गति र तीव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।

फराकिलो रियर टायरः
सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको व्यवस्था ।

एलईडी हेडलाइट्सः
सुदृढ दृश्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा ।

ब्लूटूथ कनेक्टिविटी :
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।

एक्स्ट्रिम १६०का मुख्य विशेषता:

श्रेणीकै सर्वाधिक गति क्षमता:
तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ ।

केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन :
प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्