Trending
साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |     आजका लागि विदेशी मुद्राको विनिमय दर     |     कर्णाली सरकारको संरचना पुनर्संरचना प्रस्तावले प्रदेशसभामा भूचाल, सत्तापक्षमै विभाजन     |     कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी     |     बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |    
समाचार

वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

२६ मंसिर २०८१, बुधबार ०९:२५

२६ मंसिर, काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२५ घर भई काठमाडौंको टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका-७ घर भई काठमाडौं-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो।”

प्रहरीले मधुलाई काठमाडौँको टोखा–६ बाट र गीतालाई काठमाडौँ–२८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्