Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
खेलकुद

एनपिएल : लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग १८ रनले पराजित

२६ मंसिर २०८१, बुधबार १०:५४

२६ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा काठमाडौँले लुम्बिनीलाई १८ रनले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो ।

१०४ रनको लक्ष्य पाएको लुम्बिनी लायन्स ८५ रनमै सीमित हुँदा पाँचौँ पराजय व्यहोरेको हो । प्रतियोगितामा काठमाडौँले दोस्रो जित हो । पराजित लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्