Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधान सेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग शिष्टाचार भेटघाट

२७ मंसिर २०८१, बिहीबार ०२:४७

२७ मंसिर, काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन्।

साथै, प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, रक्षा सचिव र विदेश सचिवलगायतसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्।

आजै प्रधान सेनापति सिग्देलले भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाइ वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसैगरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्