Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

प्रधान सेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग शिष्टाचार भेटघाट

२७ मंसिर २०८१, बिहीबार ०२:४७

२७ मंसिर, काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन्।

साथै, प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, रक्षा सचिव र विदेश सचिवलगायतसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्।

आजै प्रधान सेनापति सिग्देलले भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाइ वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसैगरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्