Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

२७ मंसिर २०८१, बिहीबार ०२:५१

२७ मंसिर, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ।

बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सचिव गणेश साहले जानकारी दिए। साहका अनुसार आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

माओवादीले पुस तीन गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ। बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुने साहले बताए।

प्रतिक्रिया दिनुहोस्